तनहुँ आँबुखैरेनीबाट पोखरासम्मको सडकखण्ड विस्तारका लागि सात अर्ब २७ करोड विनियोजन — OSNepal

तनहुँ आँबुखैरेनीबाट पोखरासम्मको सडकखण्ड विस्तारका लागि सात अर्ब २७ करोड विनियोजन

LC (KTM) June 01, 2021 0

तनहुँ – तनहुँको आँबुखैरेनीबाट पोखरासम्मको सडकखण्ड विस्तारका लागि रु सात अर्ब २७ करोड विनियोजन भएको छ । यो सडकका लागि बोलपत्र आह्वान भएर ठेकेदार छनोट पनि भइसकेको छ । बजेट सुनिश्चित भएपछि सडक विस्तारकार्य निर्माण हुने भएको छ । असी किलोमिटर लामो आँबुखैरेनी–पोखरा सडकखण्डलाई ४०–४० किलोमिटरको दुई प्याकेज बनाइएको छ । पहिलो चरणमा आँबुखैरेनी–पोखरा र दोस्रो चरणमा मुग्लिन–आँबुखैरेनी विस्तार गरिनेछ ।

पोखरा–मुग्लिन सडकखण्डको भौगोलिक बनावट र जनघनत्वलाई आधार मानेर सडक चौडा निर्धारण गरिनेछ । घनाबस्ती भएको स्थानमा सडकको चौडाइ ४१ मिटरसम्मको हुनेछ । विस्तारित सडक दुवैतर्फ सात÷सात मिटरको हुनेछ ।

व्यासमा औद्योगिक क्षेत्र:- व्यास नगरपालिका–५ चिन्तुटारमा औद्योगिक क्षेत्र निर्माण हुने भएको छ । औद्योगिक क्षेत्र निर्माणका लागि आगामी वर्ष सम्भाव्यता अध्ययन गरिने अर्थमन्त्री विष्णु पौडेलले घोषणा गर्नुुभयो । औद्योगिक क्षेत्रमा निजी क्षेत्रको भूमिका बढाउने र पूर्वाधार निर्माणका लागि अन्तर्राष्ट्रिय लगानीकर्ता आकर्षित गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर