जिल्ला अधिवेशनमा अध्यक्षको ओलीको आग्रह: सकेसम्म समझदारीबाट नेतृत्व चयन गर्नुहोस् नभए स्वस्थ प्रतिस्पर्धाबाट अगाडि बढ्नुस् — OSNepal

जिल्ला अधिवेशनमा अध्यक्षको ओलीको आग्रह: सकेसम्म समझदारीबाट नेतृत्व चयन गर्नुहोस् नभए स्वस्थ प्रतिस्पर्धाबाट अगाडि बढ्नुस्

LC (KTM) January 07, 2022 0

काठमाडौं २३ पौष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिबाट नै जिल्लाको नेतृत्व चयन गरिे बताएका छन् । आज देशभर एकै साथ गरिने भनिएको जिल्ला अधिवेशनलाई भर्चुअल माध्यमबाट उद्घाटन गर्दै ओलीले भने यस्तो बताएका हुन् ।

‘सकेसम्म समझदारीबाट नेतृत्व चुन्न आग्रह गर्छु । नभए स्वस्थ प्रतिस्पर्धाबाट अगाडि बढ्नुस् ।’ दशैभर एकै चोटी अभिवेशन गरिने भनिए पनि मौसममा कारण आज ६३ जिल्लामा मात्र अधिवेशन हुने भएको छ ।

जिल्ला कमिटीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरिएको छ ५ पदाधिकारीमध्ये एक महिला हुनुपर्ने एमालेले जनाएको छ ।

प्रदेश २ को सप्तरी बाहेकका जिल्लामा आज अधिवेशन हुने छैन भने गण्डकीको मनाङ र मुस्ताङ, लुम्बिनीको पूर्वी रुकुम र रोल्पा, कर्णालीका ३ जिल्ला र सुदूरपश्चिमको बझाङमा पनि अधिवेशन नहुने भएको छ ।

पार्टी एकताको लागि उच्चस्तरीय संयमता, धैर्यता आवश्यक रहेको बताएका ओलीले अधिवेशनलाई सम्बोधन गर्दै भनेका छन्, ‘हामीले सहमतिको प्रयास पनि गरयौ, कही कतै सहमति नहुँदा लोकतान्त्रिक प्रक्रियाका लागि स्वस्थ्य प्रतिस्पर्धा अपनायौं । त्यसकारण अहिले पनि सकभर सहमतिमै पार्टी नेतृत्व चयन गरौं ।’

अध्यक्ष ओलीले नेतृत्वको लागि दावी गरेका सबै नेताहरुलाई सकेसम्म सहमतिमा नेतृत्व निर्माण गर्नुस, कसैले पनि मन नखुम्चाई सहमतिमा पुग्न, सहमतिका साथ नेतृत्व निर्माण गर्न र एउटा टिम स्पिरिटका साथ अगाडी वढन आग्रह समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर