बालुवाटारमा सत्ता गठवन्धनका शीर्ष नेताहरुको बैठक जारी यी विषयमा हुँदैछ छलफल — OSNepal

बालुवाटारमा सत्ता गठवन्धनका शीर्ष नेताहरुको बैठक जारी यी विषयमा हुँदैछ छलफल

LC (KTM) January 07, 2022 0

काठमाडौं २३ पौष । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठवन्धनका शीर्ष नेताहरुको बैठक जारी छ । बैठकमा माघ १२ गते हुने भनिएको राष्ट्रिय सभा निवार्चनको विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।

सरकार सञ्चालन सहजीकरणका लागि गठन गररेको समन्वय समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,काँग्रेस नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव डा।बेदुराम भुसालको सहभागिता रहेको छ ।

साथै जसपा अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई, सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की, जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी रहेको छ ।

साथै बैठकमा सरकार सञ्चालनमा परेका विभिन्न समस्याहरुको विषयमा समेत छलफल भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर