माओवादी केन्द्रको पदाधिकारी चयन अब राष्ट्रिय सभा निर्वाचन पछि — OSNepal

माओवादी केन्द्रको पदाधिकारी चयन अब राष्ट्रिय सभा निर्वाचन पछि

LC (KTM) January 07, 2022 0

काठमाडौं २३ पौष । नेकपा माओवादी केन्द्रको पदाधिकारी चयन राष्ट्रिय सभाको निर्वाचन पछि मात्रै हुने भएको छ । पौष २५ गते पदाधिकारी चयन गरिने भन्दै आएको माओवादी केन्द्रले अन्तिम समय आएर पदाधिकारी चयन लागि बस्ने भनिएको केन्द्रिय समितिको बैठक स्थगित गरेको हो ।

माओवादी केन्द्रका केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले दिएको जानकारी अनुसार आइतबार बोलाईएको केन्द्रीय समितिको बैठक हाललाई स्थगन गरिएको बताएका छन् ।

पार्टीको केन्द्रीय कार्यालयमा कार्यरत ५ जनामा कोभिड संक्रमण देखिएपछि अध्यक्ष प्रचण्डले भेटघाट कार्यक्रमलाई स्थगित गरेका छन् ।

साथै पार्टीको महाधिवेशनमा सहभागी १५ नेताहरुमध्ये नौ जनालाई कोरोना संक्रमण पुष्टि भएको माओवादी केन्द्रले जनाएको छ । जसको कारण अब केन्द्रिय समितिको बैठक राष्ट्रिय चुनाव भन्दा अगाडी हुने सम्भावना नरहेको बताइएको छ ।

हालै सम्पन्न भएको आठौं महाधिवेशनले अध्यक्षमा प्रचण्डलाई चयन गरेपछि पदाधिकारी पछि चयन गर्ने भन्दै महाधिवेशन सम्पन्न गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर