कपनस्थित एक घरमा 'लिभिङ टुगेदर'मा बस्दै आएका युवक युवती मृत अवस्थमा फेला — OSNepal

कपनस्थित एक घरमा ‘लिभिङ टुगेदर’मा बस्दै आएका युवक युवती मृत अवस्थमा फेला

LC (KTM) January 07, 2022 0

काठामाडौं २३ पौष । कपनस्थित राधाकृष्ण मन्दिर नजिकको एक घरमा युवक–युवती मृत फेला परेका छन् । मृत अवस्थामा फेला पर्नेमा संखुवासभा घर भएका २५ वर्षीय अनिस जिमी र खोटाङकी युसुना राई रहेको प्रहरीले जनाएको छ ।

बौद्ध प्रहरीले दिएको जानकारी मृत युवक युवती डेरा गरी बस्दै आएका थिए । उनीहरुको शरीरमा धारिलो हतियार प्रहार गरिएको छ ।

घटनास्थलबाट प्रहरीले हतियार समेत बरामत गरेको छ । केहि समयदेखि लिभिङ टुगेदरमा बस्दै आएका उनीहरु मध्ये युवतीको शरिरमा धारिलो चक्कुले रोपेको धेरै चोट छ भने केटाको घाँटीमा चक्कुले रेटेको चोट भएको प्रहरीले जनाएको छ ।

घटना स्थलबाट युवती नग्न र केटा अर्धनग्न पल्टिरहेका अवस्थामा भेटिएको जानकारी दिएको प्रहरीले केटाको ढुक्ढुकी भएको पाएपछि प्रहरीले उनलाई चाबहिल चोकस्थित हेल्पिङ ह्याण्ड अस्पताल पुर्याएपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार घटनाको प्रकृति हेर्दा केटाले केटीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेपछि पछि आफुले आत्महत्या गरेको बताइएको छ । घटनाको विषयमा थप अनुशन्धान भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर