काठमाडौं । तथ्य १– पहिलो र दोस्रो लहरसमेत गरी १५ वैशाख ०७८ सम्म कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार दुई सय ४६ थियो । १६ वैशाखमा देशभर संक्रमितको संख्या तीन लाख १७ हजार पाँच सय ३० थियो भने १६ जेठमा पुग्दा यो संख्या पाँच लाख ५७ हजार एक सय १४ पुग्यो । अर्थात् एक महिनाको अवधिमा दुई लाख ३९ हजार पाँच सय ९४ जनामा संक्रमित भए ।
तथ्य २– १६ वैशाखबाट सरकारले उपत्यकासहित धेरै ठाउँमा निषेधाज्ञा लागू गर्यो । तर, निषेधाज्ञाको एक महिनामा मात्रै कोरोना संक्रमणबाट चार हजार २६ जनाले ज्यान गुमाए । योसँगै १६ जेठसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या सात हजार दुई सय ७२ पुग्यो ।
जम्मा संक्रमित
वैशाख १६ स् ३,१७,५३०
जेठ १६ स् ५,५७,१२४
जम्मा मृत्यु
वैशाख १६ : ३,२४६
जेठ १६ : ७,२७२
नयाँ केस
वैशाख १६ : ४,९२९
जेठ १६ : ४,३६९
संक्रमणदर
वैशाख १६ :३६.२४ प्रतिशत
जेठ १६: ३४।२१ प्रतिशत
निको हुने दर
वैशाख १६ : ८८.२
जेठ १६ : ७९.२
मृत्युदर
वैशाख १६ : १.०२
जेठ १६ :१.३१
यो यस्तो तथ्यांक हो, जसले गएको एक महिनामा कोरोना महामारी कति भयानक रह्यो भन्ने पुष्टि गर्छ । तर, यहीबीचमा सरकार सत्ता सुरक्षामा र विपक्षी सत्ता प्राप्तिमा केन्द्रित देखिए ।
भारतमा फैलिएको कोरोना महामारीको दोस्रो लहरले मुलुक सन्त्रासमा थियो । विज्ञदेखि सर्वसाधारणसम्मले राजनीतिक नेतृत्वलाई महामारी नियन्त्रण र रोकथामका लागि गम्भीर हुन अनुनयविनय गरिरहेका थिए । तर, राजनीतिक नेतृत्व र मुख्य गरी सरकार भने सत्ताको छिनाझप्टीमा व्यस्त रह्यो ।
भारतसँगको सीमावर्ती क्षेत्रका जिल्लाहरू विशेषगरी बाँकेको नेपालगन्जमा महामारीले निकै ठूलो मानवीय संकट निम्त्याउँदासमेत प्रधानमन्त्री केपी ओली स्वयं संक्रामक रोग नियन्त्रणका लागि तोकिएका स्वास्थ्य मापदण्डविपरीत गतिविधि गर्नमा नै व्यस्त रहे ।
त्यो समयमा प्रधानमन्त्री ओली कहिले धरहरा उद्घाटन त कहिले भगवान् रामका मूर्तिहरूको पूजाआजा, कहिले सयौँलाई जम्मा गरेर एकै दिनमा दुई–तीनवटासम्म पार्टी कमिटीका भेला र बैठक गरेर भाषण गर्नमा नै व्यस्त रहे । जब कि विज्ञहरूले संक्रमण रोक्नका लागि दिएका सुझाबहरूमध्ये ‘भिडभाड र भेला नगर्ने’ विषय सबैभन्दा प्राथमिकतामा हुन्थ्यो र ।
नयाँ पत्रिकामा खबर छ ।