चार दिन यता क्रमश बढ्दै कोरोना संक्रमतिको संख्या , नेपालमा फेरि बढ्यो कोरोनाको त्रास,आज एकै दिन ५४० संक्रमितको पुष्टि — OSNepal

चार दिन यता क्रमश बढ्दै कोरोना संक्रमतिको संख्या , नेपालमा फेरि बढ्यो कोरोनाको त्रास,आज एकै दिन ५४० संक्रमितको पुष्टि

LC (KTM) January 06, 2022 0

काठमाडौं २२ पौष । नेपालमा पछिल्लो २४ घण्टामा थप ५४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २६ हजार ९२५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर ७ हजार २०९ जनाको पीसीआर परीक्षण गर्दा ४७८ जना र ४ हजार ८९० एन्टिजेन परीक्षण गर्दा ६२ जना गरी ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयले दिएको जानकाी अनुसार पछिल्ल्लो केहि दिन यता संक्रमितको संख्या बढ्न थालेको छ । गत पौष १९ गते ३२६ जना संक्रमितको पुष्टि भएको थियो । भने दिन यता क्रमश ३९६, ४३५ गरी आज एकैचोटी ५४० जना संक्रमितको पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २७१ रहेको छ भने एक जनाको ज्यान गएको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६०२ पुगेको छ ।

संक्रमति मध्ये ३१० जना काठमाडौं उपत्यकामा मात्र रहेका छन् । जसमा काठमाडौंमा २२१, ललितपुरमा ५९ र भक्तपुरमा ३० जनामा संक्रमणको पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर