नेपालमा एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक संसद् भन्दा बढी सपथ लिने व्यवस्था नै नराखौँ — OSNepal

नेपालमा एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक संसद् भन्दा बढी सपथ लिने व्यवस्था नै नराखौँ

LC (KTM) January 06, 2022 0

काठमाडौं २२ पौष । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूरा नहुने सपना बाँढेर जनतामा निराशा ल्याउन् नहुने बताएका छन् ।

बिहिबार नेपाली कांग्रेस इलामले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा बधाई कार्यक्रममा बोल्दै महामन्त्री शर्माले नहुने सपना बाँढेर जनतामा निराशा ल्याउनु भन्दा जनताको आधारभूत आवश्यकता पूरा गर्दै समृद्धिको बाटोमा लाग्नु आजको आवश्यकता भएको बताएका छन् ।

केपी ओलीले जनतालाई हिमाल पहाड तराईमा चुच्चे रेलको सपना बाँढेर जनता झुक्याएको भन्दै शर्माले अहिले ओली आफै पतनको बाटोतिर लागेको समेत बताएका छन् ।

साथै कार्यक्रममा महामन्त्री शर्माले लोकतान्त्रिक पद्धतिबाट अगाडि बढ्दा कोही छुटेको हो, महाधिवेशनमा असक्षम भएर पराजित भएको नभएको स्पष्ट पारेका छन् ।

अब नेपालमा एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक संसद् भन्दा बढी सपथ लिने व्यवस्था नै नराखौँ ।’ उनले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर