मोटरसाइकलको ट्याङ्कीभित्र ३८ लाख लुकाएर ल्याउने २३ वर्षीय अमित समातिए — OSNepal

मोटरसाइकलको ट्याङ्कीभित्र ३८ लाख लुकाएर ल्याउने २३ वर्षीय अमित समातिए

LC (KTM) January 06, 2022 0

धनुषा- धनुषामा स्रोत नखुलेको रु ३८ लाख ३५ हजारसहित एक युवक आज पक्राउ परेका छन् । पक्राउ पर्नेमा लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोडाका २३ वर्षीय अमितकुमार यादव रहेका छन् ।

भारतबाट नेपाल आउँदै गरेको अवस्थामा यादव नगराइन नगरपालिका–२ बाट स्रोत नखुलेको रकमसहित पक्राउ परेको प्रहरी नायब महानिरीक्षक गणेश ठाडाले जानकारी दिनुभयो । प्रदेश–२–०२००१प ०४८०८ नंको मोटरसाइकलको ट्याङ्कीभित्र लुकाएर ल्याउँदै गरेको सो रकम प्रहरीले बरामद गरेको हो । पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको छ । उनी हुण्डी कारोबारी हुनसक्ने प्रहरीको आशङ्का छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर