नेपाल प्रहरीमा १२ वर्ष पुगेपछि बढुवा हुने अवधिलाई घटाएर ८ वर्ष बनाउने निर्णय — OSNepal

नेपाल प्रहरीमा १२ वर्ष पुगेपछि बढुवा हुने अवधिलाई घटाएर ८ वर्ष बनाउने निर्णय

LC (KTM) January 06, 2022 0

काठमाडौं २२ पौष । नेपाल प्रहरीमा बढुवा हुने अवधि घटाएर ८ वर्षमा झारिएको छ । यस भन्दा अघि १२ वर्षमा बढुवा हुने नियम रहेको थियो ।

प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा पठाएको संशोधन बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको हो । १२ वर्ष पुगेपछि बढुवा हुने अवधिलाई घटाएर ८ वर्ष बनाउने निर्णय गरेको हो ।

त्यसैगरी कार्यालयको सहयोगीको ५ तह बढुवा हुने भएको । सहायक हवल्दार, वरिष्ठ हवल्दार र वरिष्ठ सई थपिने भएको छ । प्रहरीले पाउने तक्माको २ अंक काटेर ज्येष्ठतामा थपिएको छ ।

एसपीसम्म १२ वर्ष बढुवा हुने कुरालाई ८ वर्षमा झार्ने, कार्यालय सहयोगी ५ तह बनाउने र सहायक हवल्दार, वरिष्ठ हवल्दार र वरिष्ठ सई थपिएको प्रहरी प्रवक्ता बसन्त कुँवरले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर