इन्डिन आइडल थप बिबादीत बन्दै , यसरी खुल्यो झुटको पर्दाफास , पुर्व जर्ज सुनिधीले गरिने अहिले सम्मकै ठुलो खुलासा , निर्माण पक्ष तनावमा — OSNepal

इन्डिन आइडल थप बिबादीत बन्दै , यसरी खुल्यो झुटको पर्दाफास , पुर्व जर्ज सुनिधीले गरिने अहिले सम्मकै ठुलो खुलासा , निर्माण पक्ष तनावमा

LC (KTM) May 31, 2021 0

इन्डिन आइडल थप बिबादीत बन्दै गएको छ । यस सिंगिग रियालीटि शो को अब बिस्तारै चौतर्फि आलोचना सुरु हुन थालेको छ । केही समय अगाडि प्रशारीत एक एपिसोडमा गायक किशोरकुमारका छोरा अमितकुमारले पनि इन्डियन आइडलमाथि यही आरोप लगाएका थिए ।

उनले पनि सोका निर्माताले झुटा प्रशंसा गर्न लगाएको गुनासो गरेका थिए । त्यहि बाट यस शो को बिरुद्ध निरन्तर बिबाद उत्पन्न हुन थालेको छ । यस कार्यक्रमका संचालक देखी गायक समेत बिबादको घेरामा तानिन थालेका छन् ।

यसैबीच इन्डिन आइडलकी पुर्व जर्ज समेत रहेकी गायिका सुनिधी चौहानले इन्डिन आइडलमा प्रतिस्पर्धीले नराम्रो गाउँदा पनि निर्माताले प्रशंसा गर्न दबाब दिने गरेको खुलासा गरेकी छिन् ।

उनले यस्तो अनावश्यक दबाब बढ्न थालेपछि आफूले निर्णायक बन्ने कामै छाडिदिएको प्रतिक्रिया जनाएकी छिन् । सुनिधीका अनुसार सोका दौरान प्रतिस्पर्धामा रहेका गायकले नराम्रो गाउँदा पनि सोका निर्माताले उनलाई राम्रो भनिदिन दबाब दिने गरेका थिए ।

केही दिनअघि किशोरकुमारका छोरा अमितकुमारले पनि इन्डियन आइडलमाथि यही आरोप लगाएका थिए । सोको होस्ट आदित्यनारायणले यसको बचाव गरे पनि यसले रियालिटी सो भनिए पनि यस्ता सोमा रियलभन्दा पनि फेक काम हुने गरेको पोल खुलेको छ ।

सुनिधीले इन्डियन आइडलका पाँचौं र छैटौं संस्करणमा निर्णायकको जिम्मेवारी निर्वाह गरेकी थिइन् । यो दौरानमा सुनिधीले कडा टिप्पणी गर्ने गरेकी थिइन् जुन दर्शकले रुचाउने गरेका थिए । तर, त्यही टिप्पणी सो निर्मातालाई भने मन नपर्ने उनले खुलासा गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर