विवेकशील साझा पार्टीका संस्थापक उज्जवल थापाको पीसीआर रिपोर्ट नेगेटिभ, स्वास्थ्य अवस्था भने जटिल नै — OSNepal

विवेकशील साझा पार्टीका संस्थापक उज्जवल थापाको पीसीआर रिपोर्ट नेगेटिभ, स्वास्थ्य अवस्था भने जटिल नै

LC (KTM) May 31, 2021 0

स्वास्थ्य अवस्था अझै पनि जटिल अवस्थामा रहे पनि विवेकशील साझा पार्टीका संस्थापक उज्जवल थापाको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ ।

विवेकशील साझाका संयोजक मिलन पाण्डेका अनुसार पीसीआर रिपोर्ट नेगेटिभ आए पनि स्वास्थ्य अवस्था भने जटिल नै रहेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

‘कोरोना रिपोर्ट नेगेटिभ आएपनि, त्यसअघि भाइरसले शरीरमा दीर्घकालिन क्षति गरिसकेको छ,’ साँझ पौने ६ बजेसम्मको स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै पाण्डेले ट्वीटरमा लेखेका छन्, ‘उहाँको स्वास्थ्योपचार भेन्टिलेटर र इक्मो विधिबाट जारी छ । अत्यन्त जटिल स्थितिमा पनि चिकित्सकहरू हरसंभव प्रयासमा छन ।’

उनलाई बिदेश बाट र अन्य शुभचिन्तकहरुबाट उपचार खर्चको लागि पैसा जुटेको थियो । उनको परिवारले बिएण्डसी का निर्देशक दुर्गा प्रसाईको उपचार गरिदिने प्रस्ताव टुक्राईदिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर