बिनोद चौधरीलाई पद मुक्त गर्न निर्वाचन आयोगमा उजुरी — OSNepal

बिनोद चौधरीलाई पद मुक्त गर्न निर्वाचन आयोगमा उजुरी

LC (KTM) January 06, 2022 0

काठमाडौं २२ पौष । क्रियाशील सदस्यता लिएको १० वर्ष नपुगेको भन्दै बिनोद चौधरीलाई पद मुक्त गर्न निर्वाचन आयोगमा उजुरी परेको छ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रिय सदस्यमा निर्वाचित भएका चौधरीले २०७४ सालमा मात्र नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

चौधरी विरुद्ध सिरहा क्षेत्र–३ का महासमिति सदस्य डा. सुभाषचन्द्र यादवले उजुरी दिएको बताइएको छ । उद्योगपतिसमेत रहेका चौधरी विरुद्ध उजुरी दिएका यादवले उक्त चौधरीको स्थानमा आफुलाई राख्न समेत उजुरीमा भनेका छन् ।

कांग्रेसको विधान, २०१७ को परिच्छेद ७ दफा २१ (८) मा १० वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएको महाधिवेशन प्रतिनिधिबाट ४ महिलासहित ९ जना मधेसी केन्द्रीय सदस्य रहने व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर