कोरोनालाई जितिएको अहिले नै घोषणा गर्न चाडो हुने विज्ञको दावी — OSNepal

कोरोनालाई जितिएको अहिले नै घोषणा गर्न चाडो हुने विज्ञको दावी

LC (KTM) May 31, 2021 0

वासिङ्टन, १७ जेठ – अमेरिकाका वरिष्ठ सरुवा रोग विषेशज्ञ एन्टोनी फाउचीले कोरोना विरुद्धको लडाई अहिले नै जितिएको घोषणा गर्नु अति छिटो हुने दावी गर्नुभएको छ । सङ्क्रमण रोगसम्वन्धी अमेरिकाको राष्ट्रिय संस्थाका निर्देशकसमेत रहनुभएका फाउचीले कोरोनाभाइरसबाट सङ्क्रमित र मृतकहरुको संख्या घटेपनि जितिसकियो भन्न अहिले नै नहुने बताउनुभएको हो ।

“हामीले अहिले नै कोरोनाभाइरसविरुद्धको जित भइसक्यो भनेर घोषणा गर्न चाहदैनौँ, किनकी हामी अहिले पनि त्यससँग लडिरहेका छौँ,” उहाँले भन्नुभयो ।तर धेरैभन्दा धेरै व्यक्तिहरुले खोप लगाइसकेको र समुदायस्तरमै खोप अभियान पुगेकोले रोगबाट सुरक्षाको अवस्था भने राम्रो रहेको उहाँको भनाइ छ । अमेरिकी एक प्रतिष्ठित पत्रिकासँगको कुराकानीका क्रममा उहाँले कोरोनाभाइरसको खतरा भने पूर्ण रुपमा अन्त्य भइनसकेको उल्लेख गर्नुभएको छ ।

भाइरसको नयाँ नयाँ संस्करणहरु आइरहेकाले पनि खतरापूर्ण अवस्था भने रहिरहने उहाँले तर्क गर्नुभएको छ । अमेरिका अहिले पनि सवैभन्दा धेरै सङ्क्रमितहरु भएको मुलुकमा पर्दछ । अमेरिकामा अहिलेसम्म कुल तीन करोड ४० लाख ४३ हजार ११० जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । ती मध्ये छ लाख नौ हजार ५४४ जनाको मृत्यु भएको छ । (रासस÷एएनआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर