अरुलाई हसाँउने कमेडियन जोनी लिभर आफु कहिले हाँसेनन् , छोरीले गरिन् वुबाको बिषयमा यस्ता घत लाग्दा रहस्यहरु — OSNepal

अरुलाई हसाँउने कमेडियन जोनी लिभर आफु कहिले हाँसेनन् , छोरीले गरिन् वुबाको बिषयमा यस्ता घत लाग्दा रहस्यहरु

LC (KTM) May 31, 2021 0

बलिउडका कमेडियन एक्टर जोनी लिभर सबैलाई हसाउँन मायर एक कलाकार हुन् । उनले उनले सबै फिल्म स्टारको मिमिक्री गर्छन् । अझै भन्नुपर्दा मिमिक्रीका उनी महारथी नै हुन् ।

उनले फिल्ममा आउनु अघि स्टेज शो गर्ने गरेका थिए । यसैक्रममा उनी माथि सुनील दत्तको नजर प¥यो । उनले जोनी लिभरलाई दर्दका रिश्ताबाट पहिलो ब्रेक दिए । उनको डेब्यु फिल्म थियो यो ।

उनले अहिले ३५० भन्दा बढि फिल्ममा अभिनय गरिसकेका छन् । उनलाई बाजिगर बाट ठुलो सफलता मिलेको हो । त्यसपछि उनले हरेक फिल्ममा हास्य अभिनेताको रोल पाउँदै गए । यस्ता सबैलाई हसाँउन माहिर पिताका बारेमा छोरीले बुवाको बारेमा नयाँ कुरा खुलासा गरेकी छिन् ।

उनले एक संचारमाध्यम संगको अन्र्तबार्तामा यस्तो राज खोलेकी हुन् । उनले आफ्नो बचपन एक्लै बितेको बताईन् । उनको बुवा जोनी सधैभरी फिल्ममै ब्यस्त रहने भएकोले उनको बालापन एक्लै बितेको हो । दिनमा ५ वटा फिल्मको शुटिंग भ्याउने गरेको उनले बताएकी छिन् ।

उनले आफ्नो बुवाले सबैलाई हसाँए पनि बुवा आफु भने रियल लाईफ कहिले हाँसेको नदेखेको बताईन् । उनले अन्र्तबार्तामा यो पनि बताएकी छिन् कि उनको पिताले जब सेलेक्टेड फिल्महरुमात्र खेल्न थाले त्यसपछि घरमा परिवार संग समय बिताउन पाएको बताईन् । आफु त्यतिबेला कलेज पढ्दै गरेको उनले स्मरण गरिन् ।

त्यो समयमा आफुलाई बुवाले जहिल्यै अनुशासनमा राख्ने गरेको कहि कतै गएर ढिलो आयो भने हजार प्रश्नको सामना गर्नुपरेको उनी बताउँछिन् । बुवा साँच्चिकै लागि घरमा हिटलर जत्तिकै रहेको उनको भनाई छ ।

पछि बिस्तारै बिस्तारै बुवा घुलमिल हुदै गएको उनले खुलासा गरेकी छिन् । जोनी लिभर घरमा रहदा अत्याधिक पुस्तक पढ्ने गरेको समेत उनले बताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर