पुरुष शौचालय भित्र भएका पुरुषलाई बाहिर निकालेर दीपिका र आलिया एक साथ शौचालय भित्र पसेपछि — OSNepal

पुरुष शौचालय भित्र भएका पुरुषलाई बाहिर निकालेर दीपिका र आलिया एक साथ शौचालय भित्र पसेपछि

LC (KTM) May 31, 2021 0

एजेन्सी-बलिउडमा पछिल्लो समय अत्यन्तै रुचाइने नायिकामा पर्छन दीपिका पादुकोण र आलिया भट्ट । यि दुई बलिउडको उत्कृष्ट अभिनेत्रीको सूचीमा पर्दछन् । आलिया र दीपिकाको नाम लिँदा अभिनेता रणवीर कपूर छुट्दैनन् । किनकी आलिया रणवीरको वर्तमान प्रेमिका हुन् भने दीपिका पूर्व हुन् । यि दुई मिल्ने साथी पनि हुन् । बर्लिनमा भएको ‘आइफा अवार्ड’ भएको एक रमाइलो किस्सा यि दुईले एक अन्र्तवार्तामा सुनाएका छन् । दुई अभिनेत्री एकसाथ पुरुष शौचालयमा पसेका थिए ।

जुन कुराको खुलासा उनीहरुले एक अन्तरवार्तामा गरेका छन् । अन्र्तवार्तामा उनीहरुले भनेका छन् ‘बर्लिनमा भएको आइफा अवार्डको कार्यक्रम सकिएपछि हामी दुवैजना केही साथीहरुसँग एक कन्सर्टमा जाने निधो गर्यौ । त्यो समयमा हामी दुवैलाई शौचालय जानु पर्ने भयो । जब हामी महिला शौचालय पुग्यौं, त्यहाँ महिलाको निकै लामो ताँती थियो । त्यो ताँती देखेपछि हामी पुरुष शौचालयतिर लाग्यौं । त्यहाँ केही पुरुषहरु उभिएका थिए । तर हामी उनीहरुलाई निकालेर शौचालय भित्र पस्यौं ।

यो सुनेर अन्तवार्ता लिने पत्रकार पनि हासेका थिए । समाचारमा जनाइए अनुसार अब दिपिका आलिया र रणवीर कपुर एकै फिल्ममा देखिने भएका छन् ।त्यस्तै आलिया फिल्म ‘आरआरआर’, ‘ब्रम्हास्त्र’ र ‘गंगुबाई काठियावाडी’ मा देखिँदैछिन् ।दीपिका ‘८३’, ‘द इन्टर्न’ र ‘पठान’ जस्ता फिल्ममार्फत दर्शकमाझ आउदैछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर