देउवाको ...त्यो कुरालाई लिएर महामन्त्री थापाले भने- पार्टी विधि र विधान अनुसार चल्नुपर्नेमा प्रारम्भिक संकेत राम्रो देखिएन — OSNepal

देउवाको …त्यो कुरालाई लिएर महामन्त्री थापाले भने- पार्टी विधि र विधान अनुसार चल्नुपर्नेमा प्रारम्भिक संकेत राम्रो देखिएन

LC (KTM) January 05, 2022 0

काठमाडौं २१ पौष । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ४० प्रतिशत मत पाएका नेता शेखर कोइरालालाई वेवस्ता गरे पार्टी नचल्ने बताएका छन् । बुधबार कोइराला समुहको बैठकमा सहभागी भएका नेता थापाले यस्तो बताएका हुन् ।

‘महाधिवेशनमा ४० प्रतिशत मत पाएका शेखर कोइरालालाई बाहिर राखेर पार्टी चलाउँछु भन्नु दम्भ हो ।’ थापाले छलफलको क्रममा भने ।

पार्टी विधि र विधानअनुसार चल्नुपर्नेमा प्रारम्भिक संकेत राम्रो नदेखिएको बताएका उनले सभापति शेरबहादुर देउवाले सबैलाई समेटेर लैजाने र विधिको पालना गर्ने भनिएको कुरा पालना नभएको बताएका छ्न ।

आगाी चुनावमा कांग्रेस एक्लै प्रतिस्पर्धा गर्ने बताएका उनले सरकारमा गठबन्धन कायमै रहेपनि राष्ट्रियसभा निर्वाचनपछि चुनाबी गठबन्धन टुगिंने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर