सलमान खानको बिबाहको बारेमा नयाँ खुलासा, बिहे हुनु ५ दिन अघि यसरी तोडिएको थियो बिबाह , बिबाहको कार्ड समेत बाँडिएको थियो — OSNepal

सलमान खानको बिबाहको बारेमा नयाँ खुलासा, बिहे हुनु ५ दिन अघि यसरी तोडिएको थियो बिबाह , बिबाहको कार्ड समेत बाँडिएको थियो

LC (KTM) May 31, 2021 0

बलिउडका सुपरस्टार सलमानखानले अहिले सम्म बिबाह गरेका छ्रैनन् । उनलाई पटक पटक यहि प्रश्न सोधीए पनि उनी हल्कै रुपमा यस बिषयलाई टारिदिने गरेका छन् । अहिले आएर उनले बिबाह किन गरेनन् भन्ने बिषय पत्ता लगाउन निक्कै मुस्किल जस्तै रहेको छ ।

तर सलमानको बिबाह फिक्स भइसकेको तोडिएको भन्ने कुरा भने खुलासा भएको छ । उनका नजिकका मित्र तथा फिल्म निर्माता साजिद नाडियाडवालाले यस रहस्यको पोको ठट्टा ठट्टैमा खोलीदिएका हुन् ।

द कपिल शर्मा शो मा आफ्नो फिल्म हाउसफुल ४ को प्रमोशनमा गएका साजिदले यस रहस्य बाहिर ल्याएका हुन् । उनलाई सलमान र तपाईले बिबाह नगर्ने भनेर कसम खानु भएको थियो आखिर तपाईले त गर्नुभयो नि भनेर प्रश्न सोध्दा उनले सलमानको पनि बिबाह पक्का भइसकेको थियो भनेर जवाफ दिएका हुन् ।

उनले बिबाहको लागि भनेर धेरै जनालाई कार्ड समेत बाँडिएको खुलासा गरे । तर बिबाह हुनु ५–६ दिन अघि बिबाह तोडिएको उनले बताए । सलमान खानको बिबाहको मिती पनि तोकिएको थियो उनकै पिता सलीम खानको जन्म दिनको अवसर पारेर ।

तर एक्कासी सलमानको दिल र दिमागमा के आयो अनि उनले घरपरिवारमा यो बिबाह हुन सक्दैन भनेर तोडिदिएका थिए । उनको एक नायिका संग अफेयर रहेको तर ती नायिका को हुन् भनेर अहिले सम्म खुलासा गरिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर