प्रदेश १ मा २१ जनामा कोरोना संक्रमण , १ पुरुषको मृत्यु — OSNepal

प्रदेश १ मा २१ जनामा कोरोना संक्रमण , १ पुरुषको मृत्यु

LC (KTM) January 05, 2022 0

प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । ३५७ जनाको पीसीआर परीक्षण गर्दा २१ जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङमा १४, सुनसरीमा ३, झापामा २, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा १४, सुनसरीको इटहरीमा २, धरानमा १, झापाको दमक र भद्रपुरमा १–१, उदयपुरको त्रियुगा र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।प्रदेश १ मा आज ११ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ५ महिला र ६ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या १४४ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर