गठबन्धन राष्ट्रिय सभा निर्वाचनसँगै टुंगिन्छ : महामन्त्री थापा — OSNepal

गठबन्धन राष्ट्रिय सभा निर्वाचनसँगै टुंगिन्छ : महामन्त्री थापा

LC (KTM) January 05, 2022 0

काठमाडौं २१ पौष । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्तारुढ दलको चुनावी गठबन्धन राष्ट्रिय सभा निर्वाचनसँगै टुंगिने जानकारी दिएका छन् ।

बुधबार शेखर कोइराला समुहको बैठकमा सहभागी भएका थापाले सभापति शेरबहादुर देउवाको रणनीति आफूहरुको सरोकारको विषय नहुने भन्दै आफूहरु चाहिँ चुनावी गठबन्धनको विपक्षमा रहेको बताएका हुन् ।

‘स्थानीय तहदेखि संघसम्म पार्टी एक्लै लड्छ । सरकार गठबन्धनमा चल्छ तर चुनावी गठबन्धन राष्ट्रिय सभा चुनावपछि टुंगिन्छ’ चुनावमा गठवन्धन होइन सरकार एक्लै लड्छ ‘उनले भने ।

गठबन्धन कै सरकारले चुनाव गर्दा पनि चुनावी गठवन्धन भने नहुने उनले बताएका छन् ।

पार्टीलाई पहिलो बनाउन सभापतिले सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने बताएका उनले भने , ‘सभापति पार्टीलाई पहिलो बनाउने भन्नुहुन्छ । तर पार्टीभित्रकै ४० प्रतिशतलाई हेपेर पार्टी कसरी पहिलो हुन्छ ?’, उनले प्रश्न गर्दै भने, ‘पार्टीलाई पहिलो बनाउने उहाँको अभियानमा हामी सहमत छौँ । तर यसरी यात्रा सफल हुँदैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर