अख्तियारले चलायो वन अधिकृत विष्टविरुद्ध ७ करोडको भ्रष्टाचार मुद्दा — OSNepal

अख्तियारले चलायो वन अधिकृत विष्टविरुद्ध ७ करोडको भ्रष्टाचार मुद्दा

LC (KTM) January 05, 2022 0

काठमाडौं २१ पौष । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वन अधिकृतमाथि भ्रष्टाचार मुद्धा चलाएको छ ।

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमको अनियमिततामा दोषी देखिएका सुदूरपश्चिम वन निर्देशनालय, धनगढीका निमित्त वन निर्देशक हेमराज विष्टमाथि ६ करोड ८७ लाख ५७ हजार ८० रुपैयाँ ६० पैसा भ्रष्टाचार गरेको भन्दै अख्तियारले बुधबार विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

विष्टले भ्रष्टचार गरेको पैसाले श्रीमती रुबी जिसी विष्टको नाममा घर जग्गा तथा बैंक खातामा राखेको अख्तियारले बताएको छ ।

सामुदायिक वन उपभोक्ता समूहका सदस्य र पदाधिकारीको कीर्ते दस्तखत गर्ने जस्ता काम गरेको खुल्न आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर