काठमाडौं २१ पौष । साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य नाइके मानिएका चुडामणि उप्रेती ‘गोरे’ का भाई रमेश उप्रेतीलाई जिल्ला अदालत मोरङमा उपस्थित गराइएको छ ।
आज बुधबार अदालत उपस्थित भएका उनको भोली बिहिबार मात्र बयान लिइने प्रहरीले जनाकारी दिएको छ ।
दुवै बस्दै आएका रमेश मंगलबार त्रिभुवन अनर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।
उनीमाथि दुवैबाट सुन नेपाल पठाउने आरोप लागेको छ ।