विद्युत नियमन आयोगका पदाधिकारीहरूमाथि छानबिन समिति गठन, तिन जना स्वतः निलम्बन — OSNepal

विद्युत नियमन आयोगका पदाधिकारीहरूमाथि छानबिन समिति गठन, तिन जना स्वतः निलम्बन

LC (KTM) January 05, 2022 0

काठमाडौं २१ पौष । नेकपा एमालेको सरकार रहँदा नियुक्त भएका विद्युत नियमन आयोगका पदाधिकारीहरूलाई सरकारले निलम्वित गरेको छ ।

मन्त्रिपरिषद्को अघिल्लो बैठकले छानबिन समिति गठन भएको बताएका सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले विद्युत नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंह र सदस्य रामेश्वर कलवार तथा भागिरथी ज्ञवालीमाथि छानबिन समिति गठन भएको समेत जनाएका छन् ।

ऊर्जामन्त्री पम्फा भुसालको प्रस्तावमा सरकारले पुनरावेदन अदालतका पूर्वमुख्यन्यायाधीश प्रकाशचन्द्र गजुरेलको अध्यक्षतामा छानबिन समिति गठन गरेको छ ।

सिधै बर्खास्त गर्दा अदालतबाट पुनर्वहाली भएर आउने देखिएपछि कार्य सम्पादन क्षमता नदेखिएको भन्दै छानबिन समिति गठन गरेर स्वतः निलम्बनमा राखिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर