यस बर्षको मनसुनले खतरा निम्त्याउने राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण चेतावनी , यसरी अकालमै ज्यान जान सक्ने दाबी — OSNepal

यस बर्षको मनसुनले खतरा निम्त्याउने राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण चेतावनी , यसरी अकालमै ज्यान जान सक्ने दाबी

LC (KTM) May 31, 2021 0

राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले यसपाली बेलैमा सबैलाई सचेत हुन अपिल गरेको छ । यो बर्षको मनसुन खतरापुर्ण रहने भन्दै यसले ठुलो असर गर्न सक्ने तर्फ सचेत रहन आग्रह गरेको हो ।

अघिल्लो वर्षको तुलनामा यस बर्ष अत्याधिक वर्षा हुने र बाढी, पहिरो जाने प्राधिकरणका कार्यकारी प्रमुख डा अनिल पोखरेलले जानकारी दिए । उनले यस मनसुन संगै बिभिन्न रोग समेत देखिने र यसले धेरैलाई असर गर्नसक्ने बताएका छन् ।

उनले दक्षिण एसियाको मौसम सम्बन्धी आउटलुकमा गरिएको पूर्वानुमान अनुसार सरदरभन्दा बढी पानी पर्ने देखाएको बताए । यसबर्ष धेरै बर्षा हुने र बाढी पहिरोको धेरै घटना घट्न सक्ने बताए ।

पोहोरको मनसुनमा त धेरै क्षती पुगेको बताउँदै उनले यसपालि झन् ठुलो क्षती पुग्ने तर्फ सचेत रहनुपर्ने बताए । बाढी र पहिरोको जोखीममा रहेका बस्तिहरु अहिले नै ब्यवस्थित बनाउन तर्फ उनले सुझाव दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर