शेखरको प्रश्न देउवालाई : कुन मापदण्डका आधारमा केन्द्रिय सदस्य मनोनित गर्नुभयो ? — OSNepal

शेखरको प्रश्न देउवालाई : कुन मापदण्डका आधारमा केन्द्रिय सदस्य मनोनित गर्नुभयो ?

LC (KTM) January 05, 2022 0

काठमाडौं २१ । पौष नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई कुन मापदण्डका आधारमा केन्द्रिय सदस्य मनोनित गरिएको भनि प्रश्न गरेका छन् ।

नेता कोइरालो आज एक अपिल जारी गर्दै पार्टीको १४ औं महाधिवेशन पछि कुन मापदण्डका आधारमा केन्द्रिय सदस्य मनोनित गरेको भनी प्रश्न गरेका हुन् । देउवाले १४ औं महाधिवेशनमा विभिन्न पदमा पराजित भएका पाँच जना सहित १० जनालाई केन्द्रिय सदस्यमा मनोनित गरेका थिए ।

‘नियुक्ति पाउनुभएका सबै साथीहरु सक्षम र योग्य नै हुनुहुन्छ । तर के मापदण्ड अपनाएर उहाँहरु नियुक्त हुनुभएको हो हामी जान्न चाहन्छौं’ ‘पार्टीमा न्यायोचित अवसरको वितरढा र व्यवस्थापन हुन जरुरी छ, नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भनी प्रश्न उठ्न सक्छ ।’ अपिल पत्रमा नेता कोइरालाले भनेका छन् ।

सभापतिको लाइक र डिसलाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुन सक्ने बताएका नेता कोइरालाले अपिल पत्रमा प्रश्न गरेका छन्, ‘विधि र विधानबाहिर गएर गरिने सबै कामहरु बन्द गर्न हामी एक ढिक्का भएर प्रयत्न किन नगर्ने ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर