अभिनेत्री जुही चावलाले सरकारलाई हालिन् मुद्धा, फाइभी जी को असर खतरनाक भन्दै रोक्न माग — OSNepal

अभिनेत्री जुही चावलाले सरकारलाई हालिन् मुद्धा, फाइभी जी को असर खतरनाक भन्दै रोक्न माग

LC (KTM) May 31, 2021 0

बलिउडका कलाकार यो बेला सबै आ आफ्नै ठाउँमा केही न केहीमा ब्यस्त रहेका छन् । कोही शुटिंगको तयारीमा छन् भने कोही महामारीका बेला सहयोगमा जुटिरहेका छन् ।

तर अभिनेत्री जुही चावला भने फरक बिषयमा केन्द्रित भएकी छिन् । उनले भारत सरकारलाई नै मुद्धा हालेी छिन् । फाइभ जी मोबाइल टेक्नोलोजी लागु गराउने निर्णय बद्धर गरी पाउँ भन्दै अदालतमा मुद्दा दायर गरेकी हुन् ।

उनले सोमबार दिल्लीको उच्च न्यायलयमा मुद्दा दर्ता गराएकी छिन् । उनले फाईभ जीले वातावरणमा धेरै ठुलो असर पार्ने दाबी सहित सरकारबिरुद्ध मुद्धा दायर गरेकी हुन् ।

जुहीले दर्ता गराएको मुद्दामा फाइजीले मानिस र वन्यजन्तुमा आरएफ रेडिएसन पैदा गर्ने र यसले सबैको जीवन तहसनहस बनाउने दाबी गरिएको छ । ‘न मान्छे, न जनावर, न चरा, न किरा, न रुखबिरुवा, यो पृथ्वीका भएका कसैले पनि रेडिएसनको प्रभाव झेल्न सक्दैनन् । फाइफ जी लागू भएपछि अहिलको तुलनामा रेडिएसन सय गुणा बढ्छ,’ जुहीले हालेको रिटमा भनिएको छ ।

जुहीले लागू नै गर्ने भए पनि यस सम्बन्ध प्रशस्त अनुसन्धान हुनुपर्ने र यसको निष्कर्ष जनतालाई देखाउन पनि माग गरेकी छिन् । अदालतले भने जुहीको मुद्दालाई जुन २ मा सम्बोधन गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर