दाङमा एक विद्यालयमा शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय बन्द — OSNepal

दाङमा एक विद्यालयमा शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय बन्द

LC (KTM) January 05, 2022 0

दाङ २१ पौष । दाङको एक स्कुलमा शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय वन्द गरिएको छ ।

जिल्लाको तुल्सीपुर उपमहागरनपालिका– ८ को आश्वरा माध्यमिक विद्यालयको छ शिक्षक र छ विद्यार्थी गरी १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको भएपछि विद्यालय वन्द गरिएको हो । स्थानीय मेट्रो अस्पतालमा गरिएको एन्टिजेन परीक्षण कोरोना पुष्टि भएको हो ।

उपमहानगरपालिका शिक्षा शाखा प्रमुख चक्र भण्डारीले दिएको जानकारी अनुसार विद्यालय मंगलबार बाट पाँच दिन सम्म बन्द गरिने भएको हो ।

शिक्षक र विद्यार्थीमा कोभिड देखिएपछि थप संक्रमण फैलन नदिन विद्यालय बन्द गरिरएको बताइएको भएपनि संक्रमित विद्यार्थी र शिक्षकको अवस्थामा सामान्य रहेको बताइएको छ ।

त्यसैगरी , तुल्सीपुर उपमहानगरपालिका–६ स्थित राप्ती बाल एकेडेमीका दुई विद्यार्थीमा पनि एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर