यस वर्षको मनसुन खतरायुक्त कहालीलाग्दो हुन सक्छ, तयारी सुरु गरौ : डा. पोखरेल — OSNepal

यस वर्षको मनसुन खतरायुक्त कहालीलाग्दो हुन सक्छ, तयारी सुरु गरौ : डा. पोखरेल

LC (KTM) May 31, 2021 0

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसुन खतरायुक्त हुनसक्ने जनाएको छ ।दक्षिण एसियाको मौसम सम्बन्धी आउटलुकमा गरिएको पूर्वानुमान अनुसार सरदरभन्दा बढी पानी पर्ने प्राधिकरणका कार्यकारी प्रमुख डा। अनिल पोखरेलले बताए । पोखरेलका अनुसार अघिल्लो वर्षको भन्दा धेरै वर्षा हुने र बाढी, पहिरो तथा रोगव्याधीले धेरैलाई असर गर्नसक्ने छ ।‘

पोहोरभन्दा यसपटक झन गाह्रो अवस्था आइपुगेको छ । पोहोर सरदर वर्षा हुँदा अकल्पनीय क्षति बेहोर्नुपर्‍यो । यसवर्ष बढी पानी पर्ने देखिन्छ त्यसकारण झन् कहालीलाग्दो हुनसक्छ ।’बाढी, पहिरो, रोगव्याधी, सर्पदंश लगायतले १ सय २० दिनसम्म पिरोल्ने भएकाले विपत् बाट बच्न पूर्वतयारी आवश्यक रहेको सुझाब उनले दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर