बलिउड अभिनेत्री कंगना हिमाञ्चल प्रदेशबाट राजनीतिमा प्रवेश गर्ने संकेत, मत आकर्षित गर्न पुगिन एक्कासी सिखहरूको पवित्र तीर्थस्थल गोल्डेन टेम्पल — OSNepal

बलिउड अभिनेत्री कंगना हिमाञ्चल प्रदेशबाट राजनीतिमा प्रवेश गर्ने संकेत, मत आकर्षित गर्न पुगिन एक्कासी सिखहरूको पवित्र तीर्थस्थल गोल्डेन टेम्पल

LC (KTM) May 31, 2021 0

बलिउड अभिनेत्री कंगना रनावत एक्कासी सोमवार पञ्जाबको अमृतसरमा रहेको सिखहरूको पवित्र तीर्थस्थल गोल्डेन टेम्पल पुगेकी छन् । कंगना उक्त टेम्पलमा जानुको पछि बिभिन्न अनुमानहरु लाग्न सुरु गरेका छन् ।

उनी त्यहाँ पुग्नुलाई राजनीतिमा आउने संकेतको रुपमा कतिपयले हेरेका छन् भने कतिपयले फिल्मको प्रमोसनका लागि यो स्टण्ड रचिएको लख काटेका छन् । उनको भ्रमणलाई लिएर भाजपाका नेताहरु छक्क परेका छन् ।

तर भारतीय संचारमाध्यमहरुका अनुसार कंगना हिमाञ्चल प्रदेशबाट राजनीतिमा प्रवेश गर्न सक्ने अनुमान गरेका छन् । यसको थप पुष्टि भाजपाका एक नेताले पनि गरेका छन् । मन्डी जिल्लाको निर्वाचन क्षेत्रमा बहालवाला सांसद रामस्वरूप शर्माले मार्च महिनामा आत्महत्या गरेपछि उपचुनावमा कंगना उठ्न सक्ने बताइएको छ ।

उनी आफैं मन्डी जिल्ला निवासी भएकोले उनी निर्वाचनमा उठ्ने पक्का जस्तै भएको हो । राजपूत भएकाले कंगनालाई उक्त क्षेत्रका मतदाताले साथ दिन सक्ने अनुमान गरिएको छ ।

शिरमा दुपट्टा राखेर कंगना बिहान ७ बजेतिर गोल्डन टेम्पल पुगेकी थिइन् । उनले मन्दिरको गर्भगृहमा प्रार्थना गरेकी थिईन् । उनको यो भ्रमणलाई निक्कै महत्वका साथ हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर