प्रदेश १ मा १६ जनामा कोरोना संक्रमण , १२ जना संक्रमणमुक्त — OSNepal

प्रदेश १ मा १६ जनामा कोरोना संक्रमण , १२ जना संक्रमणमुक्त

LC (KTM) January 04, 2022 0

प्रदेश १ मा पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना संक्रमण भएको छ । ३३३ जनाको पीसीआर परीक्षण गर्दा १२ र १०७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ८, झापा र सुनसरीमा २–२ जनामा संक्रमण भएको हो ।

मोरङको विराटनगरमा ८, झापाको दमक र कमल गाउँपालिकामा १–१, सुनसरीको धरान र भोक्राहानरसिंहमा १–१ जनामा संक्रमण भएको हो । प्रदेश १ मा आज १२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ५ महिला र ७ पुरुष रहेको छन् । सक्रिय संक्रमितको संख्या १३५ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर