बलिउडमा अझै पनि नेपोटिज्म कायमै , सुशांत सिंह राजपुत पछि कार्तिक आर्यन नेपोटिज्मको शिकार , करण जोहार र शाहरुख खानले फिल्मबाट यसरी निकाले — OSNepal

बलिउडमा अझै पनि नेपोटिज्म कायमै , सुशांत सिंह राजपुत पछि कार्तिक आर्यन नेपोटिज्मको शिकार , करण जोहार र शाहरुख खानले फिल्मबाट यसरी निकाले

LC (KTM) May 31, 2021 0

बलिउडमा नेपोटिज्म अब कुनै नौलो कुरा रहेन । जब सुशांत सिंह राजपुतको यसैका कारण निधन भयो त्यसपछि नेपोटिज्मका बारेमा खुलेर बहस हुन सुरु गरेको छ । सुशांत मात्र हैन बलिउडका अन्य धेरै कलाकारहरु पनि नेपोटिज्मको शिकार भएका छन् ।

त्यसमध्ये बलिउडका अर्का नायक कार्तिक आर्यान पनि पछिल्लो समय नेपोटिज्मको शिकार भएका छन्। सुशांत सिंहको निधन पछि नेपोटिज्मका पछाडि धेरै जोडिएका छन् त्यसमध्ये करण जोहार पनि हुन् ।

उनैले कार्तिक लाई ‘दोस्ताना २’ चलचित्रमा अभिनय गर्न नदिएको भारतीय संचारमाध्यमले जनाएका छन्। त्यस्तै कार्तिकलाई यसबीचमा शाहरुख खानले पनि चलचित्र ‘फ्रेडी’बाट हटाएका छन् ।

सुशांत सिंह राजपुतको निधनको एक बर्ष पुरा हुनै लाग्दा पनि नेपोटिज्म झन् झन् बढिनै रहेको छ । कार्तिकलाई हटाएपछि भारतमा करण जोहार र शाहरुख खानको तिब्र आलोचना भएको छ। यीनिहरुकै बलिउडमा हालिमुहाली रहेको छ ।

पहुँचवाला व्यक्तिहरुले आफ्नै सन्तान र नातागोता तथा चिनजानका मानिसलाई मात्र चलचित्रमा दिने गरेका आरोप लाग्ने गरेको छ । बिबेक ओवराय, जोन अब्राहम लगायतका नायकहरु नेपोटिज्मको शिकार भईसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर