थप ३९३ जनामा संक्रमण पुष्टि , २६३ निको हुँदा ३ जनाले गुमाए ज्यान — OSNepal

थप ३९३ जनामा संक्रमण पुष्टि , २६३ निको हुँदा ३ जनाले गुमाए ज्यान

LC (KTM) January 04, 2022 0

काठमाडौं २० पौष । नेपालमा पछिल्लो २४ घण्टामा थप ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हाल सम्म कोरोना संक्रमितको
संख्या ९ लाख २५ हजार ९५० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर ७ हजार ७९४ जनाको पीसीआर परीक्षण गर्दा ३५५ जना र १ हजार ५ सय ३५ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जना गरी ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा २६३ जना निको भएका छन् । भने ३ जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६०१ पुगेको छ

कोरोनाका बिरामीमध्ये ८८ जना आईसीयू र २५ जना भेन्टिलेटरमा उपचार गराइरहेका मन्त्रालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर