काठमाडौं २० पौष । राष्ट्रियसभा निवार्चन संघार मै आउँदा सरकारले ५७ जना उपसचिवको सरुवा गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सचिवस्तरीय निर्णयबाट ५७ उपसचिवहरुको सरुवा गरेको हो ।
मन्त्रालय मातहतका निकाय, प्रदेश सरकारको विभिन्न मन्त्रालय तथा त्यस मातहतका निकायदेखि स्थानीय तह सम्मका उपसचिवहरुको सरुवा गरिएको हो ।
सरुवा भएका उपसचिवहरुलाई संघीय मन्त्रालय, प्रदेश मन्त्रालय र पालिकाहरुमा तानिएको छ ।