बाँकेमा जारी निषेधाज्ञालाई एक हप्ता लम्ब्याइयो ,हिँडडुलमा समेत निषेध — OSNepal

बाँकेमा जारी निषेधाज्ञालाई एक हप्ता लम्ब्याइयो ,हिँडडुलमा समेत निषेध

LC (KTM) May 31, 2021 0

बाँके- बाँकेमा कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञालाई एकहप्ता लम्ब्याइएको छ । यही जेठ २४ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो । जिल्लामा गत वैशाख नौ गतेदेखि निषेधाज्ञा जारी छ ।

उहाँका अनुसार निषेधाज्ञामा अत्यावश्यक सेवा बाहेक हिँडडुलमा समेत निषेध गरिएको छ । कोरोनाबाट जिल्लामा दुई सय ९१ जनाको ज्या न गएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले. जानकारी दिनुभयो. ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर