आजबाट लक्षित वर्गलाई कोरोनाविरुद्धको अतिरिक्त खोप दिन सुरु — OSNepal

आजबाट लक्षित वर्गलाई कोरोनाविरुद्धको अतिरिक्त खोप दिन सुरु

LC (KTM) January 04, 2022 0

काठमाडौं २० पौष । मंगलबारबाट सरकारले अतिरिक्त खोपको मात्रा सुरु गरेको छ । कोरोनाको नयाँ ओमिक्रोन भेरियन्टको संक्रमणलाई मध्यनजर गर्दै सरकारले जोखिम युक्त वर्गलाई मध्यनजर गर्दै अतिरिक्त खोप दिने निणर्य गरेको हो ।

आजबाट सुरु भएको अतिरिक्त खोप कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन भइरहेका केन्द्रबाट दिइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले दिएको जानकारी अनुसार यो खोप रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, सक्रिय क्यान्सर रोगीहरु, अंग प्रत्यारोपण गरेका बिरामी, एचआईभी पोजेटिभ भएका बिरामी, उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामीहरुलाई उक्त अतिरिक्त खोप दिइने भएको हो ।

तथा भेरोसेल वा सिनोफार्मको खोप लगाएका ६० वर्षमाथिका जेष्ठ नागरिक वा जुनसुकै खोप लगाएका दीर्घरोगीलाई थप एक डोज अतिरिक्त खोप लिने भएको हो । खोप लगाउन आउँदा हरेक व्यक्तिले पुरानो खोप कार्ड र आफ्नो स्वास्थ्य उपचार गरेको कागजात लिएर खोप केन्द्रमा जानुपर्ने जानकारी समेत दिइएको छ ।

यो खोप लगाउन पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेको हुनुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर