आगामी साउन १ गतेबाट प्लाष्‍टिकको झोला बिक्री वितरणमा रोक — OSNepal

आगामी साउन १ गतेबाट प्लाष्‍टिकको झोला बिक्री वितरणमा रोक

LC (KTM) May 31, 2021 0

काठमाडौँ १७ जेठ । नेपाल सरकारले आगामी साउन १ गतेबाट ४० माइक्रोन भन्दा पातलो प्लाष्‍टिकको उत्पादन, आयात तथा बिक्रीमा रोक लगाएको छ । वातावरण विभागका महानिर्देशक मुकुन्द प्रसाद निरौलाले एक विज्ञप्ती मार्फत सपिङ्गमल तथा डिपार्टमेन्टल स्टोर लगायत सबै व्यापारिक प्रतिष्ठानले प्लाष्टिकको झोलाको सट्टा सूती, जुट वा कागजका झोला प्रयोग गर्न आग्रह गरेको छ ।

जारी गरिएको विज्ञप्तीमा भनिएको छ,’४० माइक्रोन भन्दा पातलो प्लाष्‍टिक झोला वा सीट उत्पादन गर्ने उद्योगले पुरानो मेशिनको पार्टपूर्जा प्रतिस्थापन गरेर नयाँ जडान गरेमा अनुदान रकम उपलब्ध गराइने व्यवस्था समेत आ। व २०७८र०७९ को आय व्यायको सार्वजनिक बजेटमा उल्लेख गरिएको छ’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर