ए डिभिजन लिगमा हिमालयन शेर्पाको जित — OSNepal

ए डिभिजन लिगमा हिमालयन शेर्पाको जित

LC (KTM) January 03, 2022 0

हिमालयन शेर्पाले ए डिभिजन लिग फुटबलमा जित निकालेको छ । आज भएको खेलमा शेर्पाले नवप्रवेशी सातदोबाटो युथ क्लबलाई शुन्यका बिरुद्ध एक गोलले हराएको हो ।शेर्पालाई जित दिलाउन कप्तान विश्वास श्रेष्ठले खेलको ४५ औं मिनेटमा पेनाल्टी मार्फत गोल गरेका हुन् ।

सातदोबाटोका पिटर सेगुनले पेनाल्टी क्षेत्रमा त्रिदेब गुरुङलाई फउल गरेपछि शेर्पाले पेनाल्टीको अवसर पाएको थियो । यस्तै खेलको इन्जुरी समयमा सातदोबाटोले पनि पेनाल्टीको अवसर पाएको थियो । तर, सातदोबाटोका मार्टिन सिलोले पेनाल्टीमा गोल गर्न सकेनन् ।

मार्टिनको प्रहार शेर्पाका गोलकिपर दीप कार्कीले बचाएका थिए । आजको जितसँगै शेर्पाले ७ खेलमा ११ अंक जोडेको छ । शेर्पा पाँचौं स्थानमा उक्लिएको छ । सातदोबाटोले ७ खेलमा ८ अंक जोडेको छ ।
सातदोबाटो आठौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर