गत वर्ष जस्तै यो वर्ष पनि एसईई परीक्षा आन्तरिक मुल्याकंन विधिबाट — OSNepal

गत वर्ष जस्तै यो वर्ष पनि एसईई परीक्षा आन्तरिक मुल्याकंन विधिबाट

LC (KTM) May 31, 2021 0

काठमाडौँ १७ जेठ । यस वर्ष पनि एसईई परीक्षागत वर्ष जस्तै आन्तरिक मुल्याकंन विधिबाट गरिने भएको छ । आज सोमबार बसेको शिक्षा मन्त्रालयको बैठकले माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकन विधिबाट परिक्षा गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लाने निणर्य गरेको हो ।

हिजो आइतबार राष्ट्रिय परीक्षा बोर्डले शिक्षा मन्त्रालयसँग एसईई परीक्षा सञ्चालन गर्नको लागि वैकल्पिक विधिको अनुमति मागेको थियो । मन्त्रालयको आज बसेको बैठक मूल्यांकन विधि मार्फत परिक्षाफल प्रकाशित गर्ने निणर्य गरेको हो । शिक्षामन्त्रीका प्रेस संयोजक ईश्वरराज ढकाल भने, ‘मन्त्रालयको बैठकले आन्तरिक मूल्यांकन विधि अर्थात् गत वर्षकै विधि अनुरुप गराउने प्रस्ताव मन्त्रिपरिषदलाई पठाउने निर्णय गरेको छ’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर