पाण्डेले निर्वाचन आयोगको निर्णय विरुद्ध दिएको उजुरी आयोगले गरिदियो खारेज — OSNepal

पाण्डेले निर्वाचन आयोगको निर्णय विरुद्ध दिएको उजुरी आयोगले गरिदियो खारेज

LC (KTM) January 03, 2022 0

काठमाडौं १९ पौष । पार्टी कारवाहीमा परेका विवेकशील साझाका संयोजक मिलन पाण्डेले निर्वाचन आयोगको निर्णय विरुद्ध दिएको उजुरी आयोगले खारेज गरेको छ ।

पार्टीको विधान २०७८ अद्यावधिक गरी अभिलेखीकरण गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध पाण्डेले आयोगमा उजुरी दिएका थिए ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिएको जानकारी अनुसार पाण्डेको उजुरी उपर पौष १२ गते बसेको बैठकले कुनै सुनुवाई नगरेको बताएका छन् ।

अध्यक्ष रवीन्द्र मिश्रको पक्षले गरेको विधान संशोधनलाई मान्यता दिएपछि पाण्डे समुहले भने अशन्तुष्ट जनाउँदै आयोगमा उजुरी दिएका थिए ।

यदि आयोगले निणर्य नसच्चाए अदालत सम्म पनि जाने तयारी पाण्डे समुहले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर