काठमाडौं १९ पौष । नेकपा एकिकृत समाजवादी पार्टीकी केन्द्रिय सदस्य लक्ष्मी गौतमले पार्टी परित्याग गरेकी छन् ।
पाणिनी गाउँपालिकाकी उपाध्यक्ष समेत रहेकी गौतमले नेकपा एस पार्टी परित्याग गर्दै कांग्रेसमा प्रवेश गरेकी हुन् । गौतमलाई महामन्त्री गगन थापाले पार्टीमा स्वागत गरेका छन् ।
तत्कालिन एमाले फुटेपछि माधव नेपाल तिर लागेकी गौतम अन्तत कांग्रेसमा प्रवेश गरेकी छन् ।