केन्द्रीय सदस्यमा प्रचण्ड परिवारका चार सदस्य चयन भएपछि बाँस्कोटाको व्यंग्य :नेपालमा परिवार पार्टी पनि देखियो — OSNepal

केन्द्रीय सदस्यमा प्रचण्ड परिवारका चार सदस्य चयन भएपछि बाँस्कोटाको व्यंग्य :नेपालमा परिवार पार्टी पनि देखियो

LC (KTM) January 03, 2022 0

काठमाडौं १९ पौष । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले नेकपा माओवादीका अध्यक्ष प्रचण्डले घोषणा गरेका केन्द्रिय सदस्यहरुको नामलाई लिएर आलोचना गरेका छन् ।

आइतबार अध्यक्ष प्रचण्डले २३६ जना केन्द्रीय सदस्यको नाम चयन गरेकोमा प्रचण्डको परिवारबाट ४ जनाको नाम परेको थियो । सोही विषयलाई लिएर नेता बाँस्कोटाले परिवार पार्टी पनि देखियो नेपालमा भन्दै आलोचना गरेका हुन् ।

उनले सामाजिक सञ्जाल मार्फत यस्तो आलोचना गरेका हुन् । पार्टीको आठौं महाधिवेशनमा प्रचण्डसहित उनकी छोरी , बुहारी । भाइ केन्द्रिय सदस्यमा मनोनित भएका थिए ।

प्रचण्डले आफ्नो नाम २३ औं स्थानमा राखेका थिए । स्रोतका अनुसार प्रचण्डले कान्छा ज्वाई जीवन आचार्य लाई भने बाँकी १५ प्रतिशत केन्द्रीयमध्येबाट मनोनित गर्ने बुझिएको छ ।

प्रचण्डका चार सदस्यमा भाइ नारायणप्रसाद दाहाल, छोरी रेनु दाहाल र बुहारी बिना मगर केन्द्रीय सदस्य बनेका हुन् ।

बाँस्कोटाले भनेका छन्, ‘दाई +भाईंबा + छोरी+ससुरा+बुहारी + मनोनीत हुन बांकी ज्वांई + परिवार पार्टी पनि देखियो नेपालमा !!! ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर