सत्ता गठवन्धनको बैठक सम्पन्न : कांग्रेसले ६ पाउँदा माओवादीले पायो पाँच अन्यले कति पाए ? — OSNepal

सत्ता गठवन्धनको बैठक सम्पन्न : कांग्रेसले ६ पाउँदा माओवादीले पायो पाँच अन्यले कति पाए ?

LC (KTM) January 03, 2022 0

काठमाडौं १९ पौष । सोमबा बिहान बसेको सत्ता गठवन्धनको बैठकले राष्ट्रिय सभा सदस्यको भागवण्डा टुंगो लगाएको छ ।

यही फागुनबाट २० जना राष्ट्रिय सभा सदस्यको पद रिक्त हुने भएपछि आज सत्ता गठवन्धनको बैठकले सदस्यको भागवण्डा लगाएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले कांग्रेसलाई ६ , माओवादी केन्द्रलाई ५ , एकीकृत समाजवादीलाई ५ जना र जसपाले २ र जनमोर्चाले १ पाउने भएका छन् ।

भोली मंगलबार पौष २० गते उम्मेदवारी दर्ता हुने भएको छ उम्मेदवारको अन्तिम नामावली पोष २५ गते प्रकाशन गरिने भएको छ ।

माग १२ गते बिहान ९ बजेबाट दिउँसो ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर