संसद पुर्नस्थापना हुनेमा नेता रिजालको ठोकुवा — OSNepal

संसद पुर्नस्थापना हुनेमा नेता रिजालको ठोकुवा

LC (KTM) May 31, 2021 0

काठमाडौँ १७ जेठ । नेपाली कांग्रेसका नेता डा. मिलेन्द्र रिजालले संसद पुर्नस्थापना हुनेमा ठोकुवा गरेका छन् । नेपाली कांग्रेसले आज आर्थिक वर्ष २०७८/७९ को आयव्ययको विषयमा आफ्नो धारणा राख्न आयोजना गरेको पत्रकार सम्मेलनमा नेता रिजालले संसद पुर्नस्थापना हुनेमा ठोकुवा गरेका हुन् ।

सम्मेलनमा रिजालले सञ्चारकर्मीसँग कुरा गर्दै भने,प्रतिनिधिसभा पुनःस्थापना हुन्छ भन्ने कुरामा कुनै शंका छैन, पुनःस्थापना हुन्छ । पुनःस्थापना भएपछि बन्ने सरकारले बजेटलाई कुन रूपमा अघि बढाउने भन्ने पछिको कुरा हो ।’

कोरोनाको यो महामारीमा दीर्घकालिन योजना बजेट समावेश गर्नुभन्दा कोरोनालाई नै सरकारले ध्यान दिएको भए उपयुक्त हुने रिजालले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर