सुदूरपश्चिमको भौतिक पूर्वाधार मन्त्रीका २३ वर्षीय छोरा पक्राउ — OSNepal

सुदूरपश्चिमको भौतिक पूर्वाधार मन्त्रीका २३ वर्षीय छोरा पक्राउ

LC (KTM) January 03, 2022 0

धनगढी १९ पौष । सवारी ज्यान मुद्दामा फरार रहेका एक मन्त्रीका छोरालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरा बबी सोडारी रहेका छन् ।

२३ वर्षीय सोडारीले चलाएको बागमती प्रदेश ०१०२५ च ६६५५ नम्बरको गाडीको ठक्करबाट ९९ वर्षीया दुर्गादेवी न्यौपाने घाइते भएकी थिइन् । उनको उपचारको क्रममा नेपालगञ्जमा ज्यान गएको थियो ।

न्यौपानेको मृत्यु भएपश्चात सम्पर्कविहिन भएका सोडारीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले आइतबार पक्राउ गरेको हो ।

यस विषयमा प्रहरीले अनुशन्धानलाई अगाडी बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर