राष्ट्रिय सभा सदस्यको भागवण्डा मिलाउन सत्ता गठवन्धन दलहरुको बैठक बालुवाटारमा जारी — OSNepal

राष्ट्रिय सभा सदस्यको भागवण्डा मिलाउन सत्ता गठवन्धन दलहरुको बैठक बालुवाटारमा जारी

LC (KTM) January 03, 2022 0

काठमाडौं १९ पौष । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तागठवन्धन दलहरुको बैठक जारी रहेको छ । राष्ट्रिय सभा सदस्य चयनका लागि सत्ता गठवन्धनको बैठक बसेको हो ।

भोली मंगलबारबाट उम्मेदवारी दर्ताको दिन भएकाले रिक्त हुने १९ सिटको भागवण्डा गर्न बैठक बसिरहेको छ । आगामी माघ १२ गते हुने राष्ट्रिय सभा चुनावमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपा गठबन्धन बनाउने तयारी भइरहेको छ ।

यही फागुनबाट कांग्रेसका तीन जना ,माओवादीका चार जना , नेकपा एकिकृतका चार जना , एमालेबाट आठ जना मनोनित एक जना गरी २० जना राष्ट्रिय सभा सदस्यको पद रिक्त हुने भएको छ ।

पौष २० गते उम्मेदवारी दर्ता हुने भएको छ उम्मेदवारको अन्तिम नामावली पोष २५ गते प्रकाशन गरिने भएको छ ।

माग १२ गते बिहान ९ बजेबाट दिउँसो ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर