खेलाडी र क्यान बीचको बिबाद सुल्झियो, आज बाट बन्द प्रशिक्षण सुरु हुदै — OSNepal

खेलाडी र क्यान बीचको बिबाद सुल्झियो, आज बाट बन्द प्रशिक्षण सुरु हुदै

LC (KTM) January 03, 2022 0

नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई नेपाल क्रिकेट संघ क्यानले कारबाही गरेपछि क्रिकेटको बिबाद यथावत रहेको थियो । तर अब म्यान र कारबाहीमा परेका खेलाडीबीच सहमति बनेपछि नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आज बाट सुरु हुने भएको छ । खेलाडीको असन्तुष्टि र क्यानको आक्रोशपुर्ण ब्यवहारका कारण नेपाली क्रिकेट प्रेमीहरु निराश बनेका थिए ।

तर अब दुबै पक्ष बिच सहमती भएपछि फेरी क्रिकेटमा नयाँ जोश आउने अनुमान गरिएको छ । केन्द्रिय सम्झौताको विषयमा क्यानसँगको सम्झौता विपरित सञ्चारमाध्यममा अभिव्यक्ति दिएको भन्दै कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई कारबाही गरिएको थियो । क्यानले मल्ल र दीपेन्द्रसहित सोमपाल कामी र कमल सिंह ऐरीलाई केन्द्रिय सम्झौताबाट सुरुको ६ महिनाको लागि सहभागी नगराउने निर्णय गरेको थियो ।

तर, क्यानले कारबाहीमा परेका चार खेलाडीलाई सेन्ट्रल कन्ट्रयाक्टको ग्रेडिङमा समावेश गराउने भएपछि सहमति बनेको हो । आईसीसी पुरुष टि ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि नेपाली टोलीको प्रशिक्षण भने आज बाट टियु क्रिकेट मैदानमा हुनेछ । मुख्य प्रशिक्षक पुबुदु दसानायाकेले प्रशिक्षणका लागि ३० खेलाडी छनोट भएको जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर