सातौ चरण सम्म शीर्षस्थानमा रहे पछि मछिन्द्रले एएफसी कप खेल्ने पक्का — OSNepal

सातौ चरण सम्म शीर्षस्थानमा रहे पछि मछिन्द्रले एएफसी कप खेल्ने पक्का

LC (KTM) January 03, 2022 0

सहिद स्मारक ए डिभिजन लिगमा पुलिस क्लबलाई पराजित गरे संगै मछिन्द्र फुटबल क्लबो भाग्य खुलेको छ । अब मछिन्द्रले नेपालको प्रतिनिधित्व गर्दै एएफसी कप छनोट खेल्ने पक्का भएको छ । ए डिभिजन लिग अन्तर्गत हिजो नेपाल पुलिस क्लबलाई एक शुन्य गोल अन्तरले हराएसँगै मछिन्द्रले एएफसी कप खेल्ने पक्का भएको हो ।

मछिन्द्र जारी लिगको सातौं चरणसम्म लिगको शीर्ष स्थानमा रहे पछि एएफसी कपमा छनोट हुने टोली बन्न सफल भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले सातौं चरणको शीर्ष टोलीले एएफसी कप छनोट खेलाउन एसियाली फुटबल महासंघ एएफसी लाई प्रस्ताव गरे बमोजिम अब मछिन्द्रले यो अवसर पाएको हो ।

सातौं चरणको खेल आज सम्पन्न हुदैछ । यो अवस्थामा सम्ममा मछिन्द्रले ७ खेलमा १७ अंक जोडेको छ । दोस्रो स्थानको मनाङ मर्स्याङ्दीको भने मछिन्द्रको भन्दा १ अंक कमी भएको कारण उसले एफसीमा स्थान बनाउन सकेन । मछिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेल्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर