ए डिभिजन लिगमा आज नवप्रबेशी सातदोबाटो र हिमालयन शेर्पा भिड्दै — OSNepal

ए डिभिजन लिगमा आज नवप्रबेशी सातदोबाटो र हिमालयन शेर्पा भिड्दै

LC (KTM) January 03, 2022 0

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज एक मात्र खेल हुदैछ । अजको यो एक खेल संगै सातौ चरण पुरा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने सातौ चरणको अन्तिम एक मात्र खेलमा सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लबबीच खेल हुनेछ । यी दुबै टोली बीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

लिगमा नवप्रवेशी क्लब रुपमा रहेको सातदोबाटो आज तेस्रो जितको खोजीमा रहेको छ । सातदोबाटो ६ खेल बाट ८ अंक जोडेर सातौं स्थानमा रहेको छ । शेर्पा पनि आज तेस्रो जितको खोजीमा रहेको छ । शेर्पा ८ अंक जोडेर आठौं स्थानमा रहेको छ । लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । पुछारका दुई टोली रेलिगेसनमा पर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर