जसपाका ठाकुर पक्षलाई ओलीले दिए गृहबाहेक ८ मन्त्रालयसहित २ राज्यमन्त्री — OSNepal

जसपाका ठाकुर पक्षलाई ओलीले दिए गृहबाहेक ८ मन्त्रालयसहित २ राज्यमन्त्री

LC (KTM) May 31, 2021 0

काठमाडौँ १७ जेठ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्ष ८ मन्त्री र २ राज्यमन्त्री लिएर सरकारमा जाने भएको छ । आज सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार भएको भेटवार्तामा ठाकुर पक्षले ८ मन्त्री सहित २ राज्यमन्त्री लिने सहमति जुटेको हो ।

पूर्व माओवादीका ६ वटा मन्त्रालय सहित ८ वटा मन्त्रालय अब ठाकुर पक्षले पाएको हो । यसअघि गैर सांसदले मन्त्री पद पाउँदैनन् भनेर सर्वोच्चले आदेश दिएपछि सात मन्त्रालय ओली आफैले लिएका थिए । सरकारमा जान जसपा राजी भएपछि गृहबाहेक सबै मन्त्रालय ओलीले जसपलाई दिएका हुन् ।

मन्त्री पद पक्का हुनेमा राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा, उमाशंकर अरगरिया, विमल श्रीवास्तव र एकवाल मिया रहेका छन् अरु भने सहमति हुन बाँकी रहेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर