माओवादी महाधिवेशन : खसआर्यतर्फको केन्द्रीय सदस्यहरुको नाममा पहिलो नम्बरमा प्रचण्डका भाइ नारायण दाहालको — OSNepal

माओवादी महाधिवेशन : खसआर्यतर्फको केन्द्रीय सदस्यहरुको नाममा पहिलो नम्बरमा प्रचण्डका भाइ नारायण दाहालको

LC (KTM) January 02, 2022 0

काठमाडौं १८ पौष । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको वन्द सत्रमा समानुपातिक प्रणालीको खसआर्यतर्फको नाम पेश गरिएको छ ।

वन्द सत्र सुरु भएलगत्तै अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्यहरुको नाम पेश गरेका हुन् । अध्यक्ष प्रचण्डले समानुपातिक प्रणालीको खसआर्यतर्फ पुरुष १३ जनाको नाम पेश गरेका छन् ।

जसमा आफ्नै भाई नारायण दाहालको नाम पहिलो नम्बरमा पेश गरेका छन् ।

अन्यमा सूर्य सुवेदी, धिरेन्द्र शर्मा, नरबहादुर विष्ट, बसन्त शर्मा, केशव नेपाल, निर्मल आचार्य, जोखबहादुर महरा, देवराज रेग्मी, तारामान स्वाँर, देवराज रेग्मी, हरिराज अधिकारी, देवेन्द्र पराजुली र अच्युतम काफ्ले रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर